सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेमीको घरबाहिर धर्ना बसीन प्रेमिका, भन्छिन –म सँग बिहे नगरे...

२०७७ साउन ९, ०२:४८ खबर संवाददाता

धनगढी: एक प्रेमिका आफ्नो प्रेमिको घरबाहिर धर्नामा बसेकी छन्। प्रेमिले आफुसँग बिहे गर्नुपर्ने माग गर्दै भारतको जालन्धरको बस्तीमा रहेको डेनिसमन्डाको रसिला नगरमा उनी धर्नामा बसेकी हुन। 

आफुसँग बिहे नगरेसम्म धर्ना जारी राख्ने उनले बताएकी छन्। तर युवकका परिवारले त्यसबारे जानकारी नभएको बताएको उनले बताइन। 

विगत ५ वर्षदेखि आफुहरुको प्रेम सम्बन्ध रहेको बताउने ती युवतीले केटाको परिवारले आफुहरुको प्रेमलाई स्विकार नगरेको बताइन। आफुले बिहेको बारेमा कुरा गर्न खोज्दा बिहे गर्न नमान्ने गरेकाले प्रहरीमा समेत उजुरी दिएको ती युवतीले बताइन। तर प्रहरीले समेत कुनै छानविन नथालेकाले बाध्य भएर केटाको घरबाहिर धर्नामा बसेको उनले बताइन। 

आफु यसअघि समेत प्रेमिको घरमा आएको र त्यतिबेला युवकको परिवारले आफुलाई कुटपिट गरेको ती युवतीले बताएकी छन्।

स्रोत :अमर उज्याला

कमेन्ट लोड गर्नुस