सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल स्वमंसेवक संघ डडेल्धुराद्वारा अस्पतालमा सरसफाई

२०७७ साउन ९, ०१:१९ खबर संवाददाता

डडेल्धुरा: नेपाल स्वमंसेवक संघ डडेल्धुराले डडेल्धुरा अस्पतालमा सरसफाई गरेको छ। समाज रुपान्तरण तथा स्थानीय स्तरमा विभिन्न जनचेतनामुलक अभियान संचालन गर्न गठित संगठनले शुक्रबार अस्पताल परिसरमा सरसफाई गरेको हो। 

युवाहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गर्न सरसफाई गरेको संगठनकी अध्यक्ष दिपा भण्डारीले बताइन। यसअघि नेपाल स्वमंसेवक संघ डडेल्धुराले उग्रतारा मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो। 

 

कमेन्ट लोड गर्नुस