बिग क्याट युवा क्लबद्धारा धनगढीमा वृक्षारोपण
धनगढी :धनगढीमा वृक्षारोपण गरिएको छ।
धनगढीका युवाहरुको सक्रियतामा उप–महानगरपालिकाको वडा नम्बर १२ जुगेडामा वृक्षारोपण गरिएको हो।
बिग क्याट युवा क्लब धनगढीका अध्यक्ष किशोर जोशीले स्थानीय जनप्रतिनिधि, ज्येष्ठ नागरिक, प्रहरी र युवाहरुको सक्रियतामा टोल सरसफाई र वृक्षारोपण गरिएको बताए।
उनका अनुसार क्लबले विभिन्न जातका बिरुवा सडक छेउछाउमा रोपेको हो। डिभिजन वन कार्यालय धनगढीको नर्सरीबाट लगेर विभिन्न प्रजातीका झण्डै पाँच सय विरुवा रोपिएको जोशीले बताए।