सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको कोरोना अस्पताल रित्तियो

२०७७ साउन ८, ०५:४५ खबर संवाददाता

धनगढी: सुदूरपश्चिममा कोरोना अस्पतालको आइसोलेसन रित्तिएको छ। कैलालीमा रहेको सेती प्रादेशिक अस्पतालको आइसोलेसन तीन दिनदेखि खाली भएको हो। 

साउन ६ गतेदेखि कोरोना संक्रमित नआएपछि आइसोलेसन खाली भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। उक्त अस्पतालको आइसोलेसनमा  हालसम्म संक्रमित र शंकास्पद गरी जम्मा १ सय ८३ जना भर्ना भएका थिए। 

हाल स्थानीय तहहरुले निमार्ण गरेका आइसोलेसन र होम क्वारेन्टाइनमा संक्रमितहरुलाई राख्न थालिएको श्रेष्ठले बताए। 

कमेन्ट लोड गर्नुस