सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रादेशिक आयुर्वेदिक अस्पतालको ९० प्रतिशत काम सकियो

२०७७ साउन ८, ११:१० कमल सावद

धनगढी : संघीय सरकारको १६ करोड ३६ लाखको लगानीमा धनगढीमा निर्माण थालिएको ५० शैयाको प्रादेशिक आयुर्वेदिक अस्पतालको काम निर्धारित समयमा सम्पन्न नभएपछि म्याद थप गरिएको छ।

धनगढी उप–महानगरपालिका वडा नम्वर १३ राजपुरमा आयुर्वेदिक अस्पताल निर्माणका लागि २०७४ पुसमा सम्झौता भएको थियो। ३० महिना भित्र निर्माण सम्पन्न गर्न सम्झौता भएकोमा सम्झौता अवधिमा निर्माण सम्पनन नभएपछि ८ महिना म्याद थपिएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीका सूचना अधिकारी श्यामचन्द्र बुढाथुकीले बताए। ‘लकडाउनका कारण काम प्रभावित भएको छ।

३० महिनामा काम पूर्ण गर्ने सम्झौता भएको थियो। तर पूर्ण भएन्। ८ महिना समय थपिएको छ।’ उनले भने। भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको उनले बताए। रंगगोगन, विद्युत जडान, माटो भरान लगायतको काम बाँकी रहेको छ। एक सय २० दिन सम्म चलेको लकडाउनमा आवश्यक सामाग्री अभाव भएपछि काम प्रभावित भएको दावी निर्माणको जिम्मा पाएको गौरी पार्वती एमके जेभीका सञ्चालक चन्द्र शाहको छ।

उनले भने, ‘लकडाउनमा पनि काम सूचारु थियो। तर निर्माण सामाग्री नपाएर काम प्रभावित भयो।’ थपिएको ८ महिना भित्र आयुर्वेदिक अस्पतालको निर्माण पुरा गर्ने र प्रदेशको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गर्ने योजनामा शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाई छ। अस्पताल सञ्चालन भएपछि १३ जना विशेषज्ञ डाक्टर सहितको टीमले सेवा दिनेछ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस