पुष्पलाल श्रेष्ठ स्मृति दिवसको अवसरमा धनगढीमा वृक्षारोपण
धनगढी : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसको अवसरमा कैलालीको धनगढीमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ।
पुष्पलाल मित्रता केन्द्र जिल्ला कमिटि कैलालीको आयोजनामा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को शान्ति सामुदायिक वनमा वृक्षारोपण गरिएको छ। त्यस्तै कैलाली बहुमुखी क्याम्पस परिसरभित्र पनि वृक्षारोपण गरिएको प्राध्यापक मान बहादुर जोराले बताए।
पुष्पलालप्रति श्रद्धासुमन गर्दै वृक्षारोपण कार्यक्रम गरिएको मित्रता केन्द्र जिल्ला कमिटि कैलालीका सचिव दीर्घ जोशीले बताए।