सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ तोलाको ९४ हजार पुग्यो

२०७७ साउन ७, १२:२८ खबर संवाददाता

सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ९४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

हिजो तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १३ सय रुपैयाँ बढेको हो।

 यस्तै चाँदीको भाउ आज तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र खराब अवस्थामा गइरहेकाले लगानी सुरक्षित गर्नका लागि सुनचाँदीमा आकर्षित हुँदा भाउ महँगो भएको महासङ्घले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस