बिपी स्मृती दिवसको अवसरमा नेविसंघ डडेल्धुराद्वारा वृक्षारोपण
२०७७ साउन ६, ०२:५०
डडेल्धुरा: नेपाल विद्यार्थी संघ डडेल्धुराले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३८औँ स्मृति दिवसको अवसरमा नेविसंघले घटालथाल परिसरमा वृक्षारोपण गरेको हो।
दिवसको अवसरमा अमरगढी नगरपालिका वडा नम्बर ३ मा रहेको घटालथानमा ६० वटा विरुवा रोपेको नेवि संघका प्रतिनिधि जगत ऐरले बताए।
कमेन्ट लोड गर्नुस