बिपी स्मृती दिवसको अवसरमा कांग्रेस कैलालीद्वारा वृक्षारोपण
धनगढी: प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३८औँ स्मृति दिवसको अवसरमा वृक्षारोपण गरेको छ।
मंगलबार बिहान नेपाली कांग्रेस क्षेत्र नं ५ प्रदेश सभा (ख) ले धनगढी उप–महानगरपालिका वडा नम्बर ६ मा रहेको हनुमान मन्दिर परिसरमा वृक्षारोपण सम्पन्न गरेको छ। त्यसैगरी नेपाली कांग्रेस क्षेत्र नं ५ प्रदेश सभा (क) ले धनगढी उप–महानगरपालिका वडा नम्बर १५ मा रहेको कनरी पार्क परिसरमा वक्षारोपण गरेको छ।
त्यसैगरी पब्लीक क्याम्पस प्रध्यापक संघ नेपाल ईकाइ समिति कैलाली बहुमुखी क्याम्पस धनगढी कैलालीले स्मृती पार्कमा वक्षारोपण गरेको छ। त्यसैगरी दिवसको अवसरमा धनगढी उप–महानगरपालिका वडा नम्बर ५ जाईका यूवाहरुले नवनिर्मित वडा कार्यालय परिसरमा वृक्षारोपण गरेका छन्।
नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाहले जिल्लादेखि वडा सम्मका समिति, भातृ संगठन र सुभेच्छुकहरु बिपी स्मृती दिवसको अवसरमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागि भएको बताए।