सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनै लोभ्याउने बझाङको बारील झरना

२०७७ साउन ६, ०१:३५ डीवि विष्ट

बझाङ: सदरमुकाम चैनपुरबाट एक घण्टाको यात्रा पछि पुगिन्छ बारील झरना। जिल्लाको जयपृथ्बी नगरपालिका ८ बारीलमा अवस्थित उक्त झरना हेर्न लकडाउन पछिमात्रै उक्त झरना हेर्न दैनिक २० देखि ३० जनाको समुह आउने गरेको स्थानीयले बताएका छन्। 

हेर्दा आर्कषक र लोभ तर उचित प्रचार प्रसार र संरक्षणको अभावका कारण बेवारीसे जस्तै बनेको बारील झरनामा पछिल्लो समय आन्तरीक पर्यटनहरु बढ्दै जान थालेका छन्। झरना सदरमुकाम चैनपुरबाट नजिकै रहेको भएपनि स्थानीय सरकारले खासै चाँसो नदिएको र प्रचारप्रसार समेत गर्न नसकेको आरोप स्थानीयको छ।

यो झरना संरक्षणका लागि स्थानीय सरकारदेखि प्रदेश र केन्द्र सरकारको समेत ध्यान जान आवश्यक रहेको स्थानीयले बताएका छन्। पँहुच नभएका कारण झरना ओझेलमा परेको स्थानीय पुरन गिरीले बताए। ‘आफैले लगानी गर्न सकिँदैन। सरकारले यसमा कुनै चाँसो व्यक्त नै गर्दैनन्। अन्य ठाउँमा यो झरना भएको भए अहिलेसम्म आन्तरिक तथा बाह्रय पर्यटकको घुईचो लाग्नुका साथै स्थानीयले रोजगारी समेत पाउने उनको भनाई छ।  पछिल्लो समयमा आन्तरीक पर्यकटकहरु बढेको भएतापनि अझै व्यवस्थीत हुँन नसकेको पुरीले बताए। संरक्षणको माग राख्दै उक्त झरनालाई पर्यटकीय स्थलको रुपमा घोषणा गरिनुपर्छ भन्दै गाउँले दुई पटक  नगरपालिकामा गएपनि कसैले आफुहरुको कुरा नसुनेको उनीहरुले गुनासो गरेका छन्। 

‘झरनासम्म सडक पुगेको छ’ समाजसेवी रमेश केसीले भने, ‘ सवारीका साधन समेत पुग्ने गर्दछन्। केही रुपमा स्थानीय सरकारले चाँसो दिएको त छ तर जती चाँसो दिनुपर्ने त्यति छैन।’ झरना जाने बाटो देखाउने साईनबोर्ड मात्रै राख्न सकेपनि राम्रो हुने उनले बताए। यस्तै उक्त स्थानमा शौचालय र खानेपानीको समेत व्यवस्था गर्नसके अmभै उचित हुने झरना भ्रमण गरेका विरेन्द्र सिहँले बताए। 

तर जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र खड्काले भने झरनाको संरक्षणका लागि प्रदेश सरकार समक्ष माग गरेको बताए। नगरपालिकाको टिम समेत झरना पुगेको बताउदै उनले त्यसको संरक्षण र प्रचारप्रसार गर्न आफ्नो ध्यान गएको बताए। 

यस्तै अहिले उक्त स्थानमा ५ लाखको लागतमा मैदान निर्माण, पद मार्ग र सामान्य गोलघर निर्माण गरिएको डिभिजन वन कार्यलय बझाङले जनाएको छ। 
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस