सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबिरुद्ध खोप बनाएका वैज्ञानिकलाई डब्ल्युएचओको बधाई

२०७७ साउन ६, १२:४० खबर संवाददाता

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस बिरुद्धको खोप निर्माण गरिरहेका अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिएको छ। स्वास्थ्य संगठनले कोरोनाविरुद्ध बनेको खोप परीक्षणको सकारात्मक परिणाम प्राप्त भइरहेकोप्रति खुशी व्यक्त गर्दै बधाइ दिएको हो। यद्यपि उसले खोप निर्माणले मात्र कोरोना महामारीको अन्त्य नहुने आशाय व्यक्त गरेको छ।

डब्ल्यूएचओका निर्देशक माइकल रायनले कोरोना बिरुद्ध लड्न अझै लामो संघर्ष गर्नुपर्ने र अझै धेरैबाटो हिड्न आवश्यक रहेको बताएका हुन्। उनले कोरोना बिरुद्धको खोप विश्वव्यापी उत्पादन भएमात्र यसको महामारी परास्त पार्न सकिने पनि बताए। उनले हालै जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने – ‘यो खोपले काम गर्नु सकारात्मक परिणाम हो। तर अझै लामो बाटो पार गर्न बाँकी छ। वास्तविक विश्वमा ठूलो मात्रामा हुन आवश्यक छ।’

उनले कोरोना महामारीको बेला २३ वटा खोप बनिरहेको बताउदै यसप्रति खुशी पनि व्यक्त गरेका छ। त्यस्तै संगठनका महानिर्देशक डाटेड्रोसल एडहानम गेब्रियससले खोप जो जस्ले बनाएपनि सफल भए संसार भरका प्रभवित सबैले पाउनुपर्ने धारणा राखेका छन्। उनले कतिपय मुलुक सार्वजनिक भन्दापनि आफ्नो स्वार्थका लागि दौडिएको भन्दै यसको अन्त्य हुनुपर्ने भनाइ राखे।

उनले भने( ‘खोप निार्माण् एउटन वैश्विकै सार्वजनिक सेवा हो। तर कोही विपरीत दिशामा पनि देखिएका छन्।’ यसलाई आम सहमति नबनाएसम्म बिकसित तथा अल्पबिकसित मुलुकककाबीच खोपमा विभेद हुनसक्ने उनले बताए। त्यसो नभए धनीको पहुँचमा खोप पुग्ने गरिबकोमा खोप नुपग्ने उनले बताए।

सेमबार युनिभर्सिटी अफ अक्सफोर्डले विकास गरेको कोरानाविरुद्धको खोप परीक्षणको क्रममा प्रभावकारी भएको डब्ल्युएचओले स्वीकारेको थियो। एक हजार ७७ जनामा पहिलोपटक गरिएको परीक्षणमा खोपले मानिसको सरीरम कोरोनाविरुद्ध लड्ने एन्डीबडी र टी सेल पैदा गरेको बताइएको थियो।

खोपको नतिजासकारात्मक भएपनि कोरोेनालाई पूर्ण रोकथाम गर्ने या नगर्ने भन्नेबारेमा टुंगोलाग्न आम परीक्षणलाई नै कुर्नुपर्ने हुन्छ। खोपको निर्माण अक्सफोर्ड र अस्ट्राजेनेकाले संयुक्त रुपमा गरेका हुन्। खोप भाइरसको जिन एडिट गरेर बनाइएको दावी छ। 
 

कमेन्ट लोड गर्नुस