सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपी स्मृती दिवसको अवसरमा धनगढी बजार सरसफाई

२०७७ साउन ५, ०७:११ खबर संवाददाता

धनगढी : विपी स्मृती दिवसको अवसरमा धनगढी बजार सरसफाई गरिएको छ। महामानव विपी कोईरालाको ३८औं स्मृती दिवसको अवसरमा नेपाल दलित विद्यार्थी संघ कैलालीले धनगढीमा बजार सरसफाई कार्यक्रमको आयोजना गरेको हो।
धनगढीको बनदेवी मन्दिर, पार्क मोड, मार्क स्टल, एलएन चौकसम्म सरसफाई गरिएको थियो। 

दलित विद्यार्थी संघ कैलालीले आयोजना गरेको कार्यक्रममा धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्टसहित नेपाली कांग्रेस प्रदेश सभा सांसद टेकबहादुर रैका, अम्बीका थापा, कुमारी नन्दा बम, नेपाली कांग्रेस कैलालीका उप–सभापति प्रकाश बम, नेपाली कांग्रेस कैलालीका नेता नारायण भट्ट, महिला संघका जिल्ला अध्यक्ष पुष्पा भट्ट लगायत थुप्रै नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

कमेन्ट लोड गर्नुस