दाहाल प्रतिष्ठानद्वारा धनगढीको कपडा बैँकलाई सहयोग
धनगढी: दाहाल प्रतिष्ठानले धनगढीको कपडा बैँकलाई कपडा हस्तान्तरण गरेको छ। प्रतिष्ठानले तीन सय थान कपडा बैँकलाई हस्तान्तरण गरेको हो।
प्रतिष्ठानका अध्यक्ष कैलाश दाहालले बैँकका सञ्चालक गोपाल हमाललाई कपडा हस्तान्तरण गरेका हुन्। उनले प्रतिष्ठानका सदस्यहरुबाट संकलन भएका तीन सय थान कपडा हस्तान्तरण गरिएको बताए। २०७२ सालमा स्थापना गरिएको प्रतिष्ठानले विभिन्न सामाजिक काम गर्दै आएको उनले बताए।
धनगढी उप–महानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा गत बर्षको साउन २० गतेबाट कपडा बैँक सञ्चालनमा आएको थियो। बैंकले संकलन भएका कपडा निशुल्क वितरण गर्दै आएको छ।