सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा दुई छोरीलाई बलात्कार गर्ने बुवा विरुद्ध मुद्दा दर्ता

२०७७ साउन ५, ०७:१४ खबर संवाददाता

धनगढी : कैलालीमा दुई छोरीमाथि जबरजस्तीकरणी गर्ने बुवा विरुद्ध मुद्दा दर्ता गरिएको छ। घोडाघोडी नगरपालिकामा १४ र १६ वर्षीय छोरीलाई जबरजस्तीकरणी गर्ने बुवा विरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले ईलाका प्रहरी कार्यालयमा आईतबार मुद्दा दर्ता भएको जानकारी दिए। उनका अनुसार उनी विरुद्ध जबरजस्तीकरणी र बाल यौन दुरुपयोगको मुद्दा दर्ता भएको हो।

मुद्दा दर्ता भएसँगै प्रहरीले उनको खोजी सुरु गरेको छ। यसअघि बालिकाको संरक्षक नभएको भन्दै प्रहरीले मुद्दा दर्ता गर्न मानेको थिएन। तर आईतबार संरक्षक भेटिएपछि मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

अहिले पीडित बालिका ओरेक नेपालको जिम्मा लगाईएको छ भने बालिकाकी आमा केही वर्षदेखि वैदेशिक रोजगारीमा रहेकी छन्। 
 
 

कमेन्ट लोड गर्नुस