सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९७८ पुग्यो

२०७७ साउन ४, ०३:०७ खबर संवाददाता

धनगढीः कैलालीमा आज थप २४ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ६४ जनाको नमुना परीक्षणका क्रममा कैलालीका २४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पाँच महिला र १९ पुरुष गरी २४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए। उनका अनुसार बर्दगोरिया गाउँपालिकाका दुई महिला र ६ पुरुष गरी ८ जना, जोशीपुर गाउँपालिकाका एक महिना र ६ पुरुष गरी ७ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै गौरीगंगा नगरपालिकाका एक महिला र चार पुरुष गरी पाँच जना, टीकापुर नगरपालिकाका एक महिला र तीन पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए। यो सँगै कैलालीमा संक्रमितको संख्या नौँ सय ७८ पुगेको छ।

कमेन्ट लोड गर्नुस