सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा अन्य रोगको संक्रमण भएका मृगौला पीडितलाई डायलासिस सेवा नहुँदा सास्ती

२०७७ साउन ४, ०६:३० जनक विष्ट

धनगढीः गत चैतमा सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा लिन पुगेकी कञ्चनपुरकी सोनु सिनालको रगत परीक्षणका क्रममा हेपाटाइटिस लगायत कुनै पनि भाइरल समस्या नदेखिएपछि डायलसिस सेवा सुरु गरियो। तर दुई घण्टापछि डाक्टरहरूले सिनालको हिस्ट्रीमा हेपाटाइटिस सी भएको बुझेपछि उनले निजी प्रयोगशालामा पैसा तिर्ने गरी फेरि रगत जाँच गराउँदा हेपाटाइटिस सी पोजेटिभ देखाएको थियो।

एकपटक हेपाटाइटिस भएको मान्छेलाई उपचार गरिसके पनि भाइरल मार्क टेस्टमा पोजेटिभ देखिने भएपनि उपचार गरिसकेको बिरामीको अवस्था पत्ता लगाउन एचसीभी आरएनए टेस्ट गर्नुपर्छ। तर धनगढीमा उक्त जाँच सम्भव नभएपछि काठमाडौं र भारतमा यसअघि गरेको जाँचको रिर्पोट देखाईन्।

सोही रिपोर्टका आधारमा आफूलाई अन्य बिरामीसरह सेवा दिन सकिने भन्दै भारत र भक्तपुर मानव अंग प्रत्यारोपण केन्द्र अस्पतालकै डाक्टरले लेखेको पर्चा र पत्रसमेत देखाउँदा नमानेपछि सिनालले प्रतिवाद गर्नुपरेको थियो। प्रतिवाद गरेर भएपनि त्यो दिन डायलासिस गराएकी सिनाललाई अस्पतालमा डायलासिस सेवा दिदै आएको बिरंग हेल्थ केयर प्रालीले पुनःसेवा नदिने भन्दै फर्काएको थियो।

अहिले सिनाल भारतमै नियमित डायलासिस गराउँदै आएकी छन्। यसरी सुदूरपश्चिममा मृगौला पीडित बिरामीले रगत परीक्षणका क्रममा हेपाटाईसिस बी, सी तथा एचआईभी एड्स जस्ता रोगको संक्रमण देखिएमा डायलासिस सेवा नपाउने समस्या रहेको छ।

सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा दिदै आएको बिरंग हेल्थ केयर प्रालीले स्वास्थ्य सेवा विभागको अनुमती नपाउँदा सरुवा रोगको संक्रमण देखिने मृगौला पीडितलाई डायलासिसका लागि नेपालगञ्ज रेफर गर्दै आएको छ।

बिरगं हेल्थ केयर प्रालीको डायलासिस वार्ड व्यवस्थापक दिपक भट्टले स्वास्थ्य मन्त्रालयको अनुमती प्राप्त भए मात्रै अन्य रोगको संक्रमण भएका मृगौला पीडितका लागि छुट्टै वार्ड र मेसिन राखेर डायलासिस सेवा  दिन सकिने बताए।

तर अनुमती नपाउँदा अहिले त्यस्ता बिरामीलाई नेपालगञ्ज रेफर गरिदै आएको भट्टले बताए। हुन त बिरंग हेल्थ केयर प्रालीले प्रादेशिक अस्पतालमा समान्य मृगौलाका बिरामीको डायलासिसका लागि सम्झौता अनुसार राख्नुपर्ने १० वटा मेसिन अझै व्यवस्थापन गरेको छैन्।

तर सरकारको अनुमती बिना सेवा सञ्चालन गर्दा शुल्क धेरै लाग्ने हुँदा बिरामीलाई समस्या हुने व्यवस्थापक भट्टको भनाई छ। ‘हामीले प्राईभेट रुपमा सेवा दिदा त्यसको शुल्क बढि पर्छ यहाँ धेरैजसो विरामी आर्थिक अवस्था कमजोर भएका छन्।
उनीहरुले सेवा लिन सम्भव देखिदैन्।’ भट्टले भने।

तर प्रदेशमा अन्य रोगको संक्रमण भएका मृगौला पीडितले डायलासिस सेवा नपाउँदा नेपालगञ्ज, काठमाडौँ एवंम् छिमेकी मुलुक भारत धाउनुपर्ने बाध्यता रहेको छ। धनगढीमा भने स्वास्थ्य सेवा विभागबाट अनुमती प्राप्त गर्न नसक्दा छुट्टै वार्ड स्थापना गर्न नसकिएको भनिएतापनि सम्बन्धीत निकायले तदारुकता नदेखाउँदा मृगौला पीीडतको बिजोग भएको छ।  
   
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस