सूर्य नेपालद्वारा सुदूरपश्चिम सरकारलाई एक करोड सहयोग
धनगढी: सूर्य नेपाल प्रालिले सुदूरपश्चिम प्रदेश सरकारलाई एक करोड रकम सहयोग गरेको छ। कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको लागि सूर्य नेपालले प्रदेश सरकारलाई सो सहयोग रकम हस्तान्तरण गरेको हो।
सूर्य नेपालका क्षेत्रीय प्रबन्धक दामोदर शर्मा, न्यू शिव ट्रेडर्सका धर्मानन्द मिश्र, रविन्द्र ट्रेडर्स महेन्द्रनगरका जगराज पाण्डे लगायतको टोलीले शनिबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई सो रकम हस्तान्तरण गरेका हुन।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश सरकारलाई सो रकम हस्तान्तरण गरेको सूर्य नेपालका क्षेत्रीय प्रबन्धक शर्माले जानकारी दिए।