मानवसेवा आश्रमद्धारा मनोरोगी युवतीको उद्दार
धनगढी : मानवसेवा आश्रमले मनोरोगी युवतीको उद्दार गरेको छ। धनगढी बसपार्कमा अलपत्र अवस्थामा भेटिएकी अन्दाजी १९ वर्षीय मनोरोगी महिलालाई उद्दार गरिएको मानव सेवा आश्रमले जनाएको छ।
जिल्ला प्रहरी कार्याल कैलालीको सहयोगमा उद्दार गरिएकी महिलाले टिकापुर नगरपालिका वडा नम्बर १ एकतापुर घर बताइरहेकी छन्। प्रहरी टोलीले बसपार्कमा अलपत्र अवस्थामा फेला परेकी महिलालाई संरक्षण र रेखदेखका उद्दार गरी आश्रम पुगाएको थियो।