सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खुकुरी प्रहार गर्ने दुई युवक पक्राउ

२०७७ साउन ३, १२:०४ खबर संवाददाता

धनगढीः  कैलाली प्रहरीले धारिलो हतियार प्रहार गरी घाईते बनाउने दुईजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले गएराती धनगढी उप–महानगरपालिका वडा नम्बर १३ राजपुरमा धारिलो हतियार प्रहार गरी घाईते बनाउने दुईजनालाई पक्राउ गरिएको जनाएको छ।

पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय सन्नी नेपाली र धनगढी उप–महानगरपालिका २ का २२ वर्षकै दिपेन्द्र भण्डारी रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए।

उनीहरुले राजपुरकै स्थानीय निरज भट्ट र गणेश धामीलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएका थिए। उनीहरुको साथबाट एक थान खुकुरी र तरबार पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान भईरहेको एवंम संलग्न अन्यको खोजी कार्य जारी राखिएको छ। 
 

कमेन्ट लोड गर्नुस