सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘ग्याङ’ फाइट, खुकुरी प्रहार हुँदा दुई जना घाइते

२०७७ साउन ३, १०:४७ खबर संवाददाता

धनगढी : धनगढीमा दुई समूहबीच भएको झडपमा परि दुई जना घाईते भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर १३ राजपुरमा ‘ग्याङ’ फाइट हुँदा दुई जना घाइते भएका हुन्।

शुक्रबार राती दुई समूहविचको झडपका क्रममा खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

घाईते दुबैको निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए। घाइते मध्य एक जनाको अवस्था गम्भिर रहेको थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक विष्टले दुई जनाले नियन्त्रणमा लिएको बताए। प्रहरी नायव उपरिक्षक विष्टले भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए। 
 

कमेन्ट लोड गर्नुस