सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा वडाध्यक्षका छोरासहितको समूहद्वारा प्रहरीमाथि आक्रमण, दुई जना घाइते

२०७७ साउन ३, १०:१८ खबर संवाददाता

धनगढी : बाजुराको बुढिगंगा नगरपालिका वडा नम्वर ७ का अध्यक्षका छोरोले प्रहरीमाथी ढुगांमुढा प्रहार गरेका छन्। वडा नम्वर ७ का अध्यक्ष भुवन केसीका छोरा र उनको समूहले प्हरीमाथि ढुगांमुढा प्रहार गरेको हो।

ढुंगा प्रहारबाट दुई जना प्रहरी घाईते भएका छन्। बुढीगंगा नगरपालिका ८ को बेतालमाण्डौ बजारमा होटेल संचालन गर्दै आएका ब्यापारी पारस रावतलाई स्थानिय युवाहरुले कुटपीट गरेको उजुरी पछि सुरक्षामा खटिएका प्रहरी माथि ढुंगामुढा प्रहार गरिएको हो। 

ढुंगामुढा प्रहारबाट रिठा प्रहरी चौकीका ईन्चार्ज र एक जना प्रहरी जवान गरि दुई जना घाईते भएका छन्। घाईते प्रहरीको अछामको बयालपाटा अस्पतालमा उपचार भईरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक टंकप्रशाद भट्टराईले जानकारी दिए। 

होटेल ब्यवासाय गर्दै आएका ब्यवासायी रावतलाई कुटपीट गरेर फरार भएका बुढीगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुवनसिंह केशीका छोरा दीलिप केशी सहितको समुहलाई प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको बाजुरा प्रहरी प्रमुख प्रहरी भट्टराईले बताए।

प्रहरीलाई नै आक्रमण भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दान बहादुर रोकायाको कमाण्डमा हिजो राति १२ बजे नै घटना स्थलमा टोली खटाईएको छ। ढुंगा मुढा गर्ने समूह फरार रहेको र खोजी कार्य भईरहेको भट्टराईले बताए।
 

कमेन्ट लोड गर्नुस