सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा कर्णाली नदीमा बालिका वेपत्ता

२०७७ साउन २, ०७:१९ खबर संवाददाता

अछामः अछाममा कर्णाली नदीमा नुहाउने क्रममा बालिका वेपत्ता भएकी छन्।

जिल्लाको तुर्माखाद गाउँपालिका वडा नम्बर भैरवस्थानका प्रदिप कामीकी १० वर्षीया छोरी ललिता बिक कर्णाली नदीमा बगेर वेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी समेत रहेका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बालिका वेपत्ता भएको भन्ने खबर पाउना साथ खोजी कार्यका लागि टोली परिचालन भएको जानकारी दिए।

तर अहिले सम्म बालिकाको अवस्था अज्ञात रहेको छ।   

कमेन्ट लोड गर्नुस