सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउदीबाट धनगढी फर्किएका युवकमा देखियो कोरोना

२०७७ साउन २, ०५:३४ खबर संवाददाता

धनगढी : साउदीबाट धनगढी फर्किएका एक युवकमा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा आज भएको परीक्षणमा उप–महानगरपालिकाको वडा नम्वर ३ का २६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

उनी जुलाई ६ तारिखमा साउदी अरबबाट काठमाडौँ पुगेका थिए भने ८ तारिखमा धनगढी पुगेका थिए। उनीसंगै सुदूरपश्चिमका १७ जना आएका थिए।

‘साउदीमा पनि आरडिटी परीक्षण गरेको थिए, नेगेटिभ देखाएको थियो,’ उनले भने, ‘धनगढी पुगेपछि आरडिटी र पीसीआर दुवै विधीबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखाएको छ।’ अहिले घरमै सुरक्षित भएर बसेको उनले दिनेश खवरलाई बताए। 
 

कमेन्ट लोड गर्नुस