सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्जा तिर्ने भाका २ वर्षसम्म थप

२०७७ साउन २, ०४:५५ खबर संवाददाता

काठमाडौंः नेपाल राष्ट्र बैँकले कोरोना प्रभावित क्षेत्रका ऋणिहरुका लागि ऋण तिर्ने अवधि दुई वर्षसम्म थप गरेको छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि तर्जुमा गरिएको मौद्रिक नीति सार्वजनिक गर्दै प्रभावित क्षेत्रलाई छ महिनादेखि दुई वर्षसम्म थपिएको जानकारी दिएका हुन्।

अधिकारीले कोभिड–१९ को कारण निर्धारित अवधी सम्म उद्योग वा परियोजनाको निर्माण सम्पन्न एवंम् सञ्चालन हुन नसकेको अवस्थामा पर्यटक स्तरीय होटलको हकमा अधिकतम दुई वर्ष, अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा एक वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा नौ महिना र न्यून प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा छ महिनासम्मका लागि एक पटक ग्रेस अवधि थप गर्न सकिने व्यवस्था मिलाइने गभर्नर बताए। 
 

कमेन्ट लोड गर्नुस