धनगढीमा इन्टरनेट सेवा विस्तारमा टेलिकमले वेवास्ता गरेको आरोप
धनगढी : धनगढीमा इन्टरनेट सेवा जडानका सरकारी सेवा प्रदायक संस्था नेपाल टेलिकमले वेवास्ता गरेको आरोप लागेको छ। सेवा विस्तारका लागि निवेदन दिदा समेत कुनै सुनवाई नगरिएको गुनासो गरिएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्बर १९ का १० परिवारले नेपाल टेलिकममा इन्टरनेट जडानका लागि गत बैसाखमै निवेदन दिएको भएपनि वेवास्ता गरिएको छ। स्थानीय मोहनबहादुर सिंहले बैशाखमै निवेदन दिएको भएपनि नेपाल टेलिकम धनगढीले वेवास्ता गरेको बताए। उनले भने, ‘हामी १० परिवारले संयुक्त रुपमा निवेदन दिएका छाँै। तर टेलिकमले अहिले सम्म वास्ता गरेको छैन्। सात सय मिटर मात्र केवल विस्तार गर्नुपर्ने छ। यो क्षेत्रका अन्यलाई पनि इन्टरनेट सेवा चाहिएको छ।’
वडा नम्बर १९ को २६ नम्बर टाउनमा इन्टरनेट सुविधा नभएको हो। नेपाल टेलिकम धनगढीले हुलाकी राजमार्ग क्षेत्रमा फाइबर विस्तारको काम भइरहेको जनाएको छ। ‘सो क्षेत्रमा इन्टरनेट छ। तर धेरै घरपरिवारका लागि वितरण गर्न सकिने क्षमता छैन्। हुलाकी राजर्मागको फाइबर विस्तारको काम सकिएपछि सबै ठाउँमा इन्टरनेट सेवा विस्तार हुन्छ।’ नेपाल टेलिकम धनगढीका प्रमुख सुरत मल्लले भने।