धनगढीमा १० दिनपछि फेरी भेटिए कोरोना संक्रमित
धनगढी : धनगढीमा १० दिनपछि फेरी नयाँ कोरोना संक्रमित फेला परेका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा बिहिवार दुई जनामा संक्रमण पुष्टि भएको हो।
उप–महानगरपालिका वडा नम्वर १८ का १२ बर्षीय बालक र ३५ बर्षीय महिलामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। यसअघि असार २२ गतेपछि धनगढीमा नयाँ संक्रमण भेटिएको थिएन्।
धनगढी उप–महागरपालिकाको स्वास्थ्य शाखाका अनुसार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या ९१ पुगेको छ। ६२ पुरुष र २९ महिला गरी ९१ जनामा कोरोना पुष्टि भएको हो। धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले १९ वटै वडामा संक्रमण फैलिएको बताए।
उनका अनुसार वडा नम्वर १ मा सात जना, २ मा चार जना, ३ मा चार जना, ४ मा एक जना, ५ मा १० जना र वडा नम्वर ६ मा दुई जनामा कोरोना पुष्टि भएको छ। वडा नम्वर ७ मा तीन जना, ८ मा पाँच जना, ९ मा १० जना १० मा तीन जना, ११ मा एक जना र वडा नम्व्र १२ मा २० जनामा कोरोना पुष्टि भएको उपाध्यायले बताए।
यस्तै वडा नम्वर १३ मा दुई जना, १४ मा ६ जना, १५, १६ र १७ मा एक÷एक जना, १८ मा नौँ जना र वडा नम्वर १९ मा एक जनामा कोरोना पुष्टि भएको छ। संक्रमित ८९ जना मध्ये १० महिला र २९ पुरुष गरी ३९ जनालाई डिस्चार्ज गरिएको उपाध्यायले दिनेश खवरलाई जानकारी दिए।
‘१० जना संक्रमितको धनगढीमा उपचार भईरहेको छ,’ उनले भने, ‘द्ुई जनालाई काठमाडौँ रेफर गरेका छौ। एक जनाको मृत्यु भईसकेको छ। बाँकी डिस्चार्ज भएका छन्।’