सुदूर नेपाललाई विश्वसँग जोड्दै

धितोपत्र बजारः नेप्से ३२ अङ्कले बढ्यो

२०७७ साउन १, ०८:२१ रासस

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३२ अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३२।४२ अङ्कले बढेर एक हजार ३९४।७७ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव  ८१ अङ्कले बढेर २९५ दशमलव ०६ मा पुगेको छ। 

आज कूल १८० कम्पनीका २९ लाख १४ लाख ५१८ कित्ता शेयर एक अर्ब चार करोड १७ लाख ७० हजार ८६७ मा खरिदविक्री भयो। आज कारोबार भएको १२ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४०।९९, व्यापार १३।९१, होटल १२।२६, विकास बैंक ६०।०५, जलविद्युत ९दशमलव ९२, वित्त १६ दशमलव ८२, निर्जीवन बीमा ७९ दशमलव ३७, उत्पादन ४५ दशमलव ५५, अन्य ६ दशमलव  ७९, लघुवित्त ६ दशमलव ४८, जीवन बीमा १३४१ द्यशमलव १५ र सामूहिक लगानी कोष ० दशमलव ०३ अङ्कले बढेको छ।

आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको शेयर  नौ करोड ४१ लाख ७२ हजार ५६४ मा खरिदविक्री भयो। यस्तै एनएमबी बैंकको रु आठ करोड २७ लाख ५७ हजार ५०८, एनआईसी एशिया बैंकको  पाँच करोड ६८ लाख २१ हजार ६७३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको  तीन करोड ५८ लाख ४८ हजार ३२८, नबिल बैंक लिमिटेड रु तीन करोड चार लाख १३ हजार १४६ र ग्लोबल आईएमई बैंकको शेयर  दुई करोड ५१ लाख ३२ हजार ३५० मा खरिदविक्री भयो। 
    
आज सबैभन्दा बढी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ९दशमलव ९६ प्रतिशतले कमाए। यस्तै मितेरी डेभलपमेन्ट बैंक ९ दशमलव १२, लक्ष्मी बैंक ९।०९, पोखरा फाइनान्स ८ दशमलव ९०, रिलायन्स फाइनान्स ८ दशमलव २६ र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशमलव ११ प्रतिशतले कमाए। 
ओरियन्टल होटल लिमिटेडका लगानीकर्ताले ६ दशमलव  ३८ प्रतिशतले गुमाउँदा राधी विद्युत् कम्पनी ५ दशमलव ०३, नबिल ब्यालेन्स फण्ड–२ ३ दशमलव  ८४, सामुदायिक लघुवित्त वित्तीय संस्था ३ दशमलव ०३, स्वरोजगार लघुवित्त विकास बैंक ३ दशमलव ०३, युनाइटेड मोदी हाइड्रोपावर २ दशमलव  ८८ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले २ दशमलव  ८२ प्रतिशतले गुमाए। 
 

कमेन्ट लोड गर्नुस