छोरीको जन्मदिनमा युके निवासी दम्पत्तीद्वारा मास्क वितरण
धनगढी: सृजनशील समाजका अध्यक्ष एवं स्याङ्जा समाज युकेका उपाध्यक्ष र टेलर फर युकेका सञ्चालक भक्त दर्जी र श्रीमती नुनमाया दर्जीले छोरीको जन्मोत्सवमा धनगढी र गौरीफण्टा नाकामा मास्क वितरण गरेका छन्।
हेल्लो पुनर्वास दैनिक पत्रिकाको सहकार्यमा कैलाली र कञ्चनपुर प्रवेश हुने यात्रुहरुलाई छोरी मनीषा परियारको जन्मोत्सवमा बिहीबार मास्क वितरण गरिएको हो।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले जारी गरेको निर्देशनलाई थप टेवा पुर्याउन छोरीको जन्मदिनको अवसर पारेर यात्रुहरुलाई मास्क वितरण गरिएको दर्जी दम्पत्तीले बताए।