सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा दुई बर्षको सवारी करमा जरिवाना मिनाहा गर्ने निर्णय

२०७७ असार ३१, ११:३९ खबर संवाददाता

धनगढी : सुदूरपश्चिममा दुई आर्थिक बर्षको सवारी करमा जरिवाना मिनाहा गर्ने निर्णय भएको छ। यातायात व्यवस्था कार्यालयहरुले सूचना जारी गर्दै सवारी कर असोज महिनाभित्र बुझाए जरिवाना छुट दिने जानकारी दिएका हुन्।

यातायात व्यवस्था कार्यालय धनगढीले आर्थिक बर्ष २०७५र०७६ र आर्थिक बर्ष २०७६र०७७ को कर असोज महिनाभित्र बुझाए जरिवाना छुट दिने निर्णय भएको जनाएको छ।

प्रदेश सरकारको अर्थ सम्बन्धि व्यवस्थालाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ को दफा १४ अनुसार उक्त निर्णय भएको कार्यालयका निमित्त प्रमुख लक्ष्मण शाहले बताए।

उनका अनुसार आगामी आर्थिक बर्षको कर भने नियमानुसार बुझाउनु पर्नेछ।

कमेन्ट लोड गर्नुस