सुदूर नेपाललाई विश्वसँग जोड्दै

दीपाश्रीलाई माफि दिन नायक हमालको आग्रह

२०७७ असार ३१, ०६:१२ खबर संवाददाता

नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन्।

मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले भनेका छन–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’

उनले एउटा कलाकारलाई आफ्नो क्षमता पस्किन सधै प्रेरित गर्न पनि दर्शकसँग अपिल गरेका छन्। उनले भने–‘यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु। कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु। हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला।’

नायक हमालले आफू संलग्न भएको कला क्षेत्र विभिन्न वादविवादमा फसेको भन्दै दुख पनि व्यक्त गरेका छन्। उनले व्यक्तिगत हिसाबले आफू सहिष्णुता भएको र जनताको मायाले नै आफूलाई यो प्राप्त भएको बताएका छन्। 

उनले कला क्षेत्र दर्शकको पनि भएको भन्दै आफूहरु मैदानमा उत्रिएको सुनाए। भने–‘यो कला क्षेत्र हामी केहीको मात्र होइन, दर्शकको पनि हो। मैदानमा हामी उत्रन्छौ, हामी मिहिनेत गर्छौ। तर, यसको पछाडि उर्जा दर्शकबाटै प्राप्त हुन्छ। तपाइहरुको भूमिका हाम्रो कला र सिर्जनामा अत्यन्तै ठूलो छ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

कमेन्ट लोड गर्नुस