सुदूर नेपाललाई विश्वसँग जोड्दै

जब कैलालीमा गाउँपालिकाका सूचना अधिकारी घुस रकम कार्यकक्षमै राखेर भागे...

२०७७ असार ३०, ०७:०५ खबर संवाददाता

धनगढी : चालु आर्थिक बर्षमा कैलालीको जोशीपुरमा दुई वटा संस्थाले सीपमुलक तालिम सञ्चालनको कार्यक्रम पाए। दुवै संस्थाले सीपमुलक तालिम सञ्चालन गरे।

तालिम सकिएपछि दुवै संस्थाले भुक्तानी पनि पाए। तर जोशीपुर गाउँपालिकाको कार्यालयका नायव सुब्बा तथा सूचना अधिकारी सिद्धराज जोशी भने तालिममा सहजीकरण गरेको भन्दे सेवाग्राहीसँग घुस माग्न थाले। लगातारको दवावपछि उनले ८५ हजार घुस समेत लिए। 

उक्त सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरमा पुगेपछि कार्यालयले सोमवार टोली खटायो। अख्तियारको टोलीले सूचना अधिकारी जोशीको कार्यकक्षबाट घुस वापतको ८५ हजार रकम त बरामद ग¥यो तर जोशी भेटिएनन्।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता प्रदिप कुमार कोईरालाले भने, ‘घुस रकम सोमवार नै बरामद भएको थियो। जोशी कार्यकक्षबाट भागी फरार रहेकोमा मंगलावर जोशीपुर गाँउपालिका वडा नम्वर ६ स्थित सिमरीबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।’
 

कमेन्ट लोड गर्नुस