सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी पासबिना यात्रु ओसार्ने धनगढीका चालक पक्राउ, बस नियन्त्रणमा

२०७७ असार ३०, ०३:१२ खबर संवाददाता

धनगढी: बिना अनुमती यात्रु ओसारेको आरोपमा धनगढीका एक चालक पक्राउ परेका छन्। धनगढी उप–महानगरपालिका–१ का ३५ वर्षीय लक्ष्मण रसायलीलाई जिल्ला प्रशासनबाट अनुमति नलिएर यात्रु ओसारपसार गरेको आरोपमा सोमबार पक्राउ गरिएको हो। 

यहि महिनाको १९ गते सुपप्र ०१–००१ख२३३० नम्बरको बसमा बिना पास यात्रु बोकेर काठमाडौंतर्फ लागेको तर बिच बाटोबाटै फर्केको जानकारीका आधारमा रसायली र बसलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

संक्रामक रोग ऐन २०२० बमोजिम गाडी र निज चालकलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालय कैलालीमा पठाइएको डिएसपी विष्टले बताए। 

हाल एक जिल्लाबाट अर्को जिल्लामा यात्रु ओसारपसार गर्न सार्वजनिक सवारी साधनले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य सवारी पास लिएर मात्रै जान पाउने व्यवस्था रहेको छ। 

कमेन्ट लोड गर्नुस