सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका मृगौला पीडित २१ वर्षीक युवकको उपचारमा समस्या

२०७७ असार ३०, १२:०४ खबर संवाददाता

सिलगढी : डोटीका मृगौला पीडित सुरेश रोकायाको उपचारमा आर्थिक समस्या भएको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर ११ बारपाटाका २१ वर्षीय युवक रोकायालाई उपचार गर्न आर्थिक समस्या भएको हो।

पाँच बर्ष अगाडि दुवै मृगौला फेल भएपछि युवकको अहिले काठमाडौं महाराजञ्जमा रहेको शिक्षण अस्पतालमा उपचार भईरहेको छ। उनको उपचारमा आर्थिक समस्या हुन थालेपछि सहयोग गर्न सबैलाई अपिल समेत गरिएको छ।

यस्तै सुरेश रोकाया बचाउँ अभियान समेत सुरु गरिएको छ। डोटीकै युवा दिपेन्द्र सिंह र योगेन्द्र रावतले उक्त अभियान सुरु गरेका हुन्। सुरेशको मृगौला प्रत्यारोपणका लागि सहयोग संकलन गर्न समेत सुरु गरिएको छ।

कमेन्ट लोड गर्नुस