धनगढीबाट थारु टेलिभिजनको परिक्षण प्रशारण सुरु
धनगढी-धनगढीबाट थारु टेलिभिजनको परिक्षण प्रशारण सुरु भएको छ। थारु टेलिभिजन प्रालिका अध्यक्ष पोखम चौधरीका अनुसार धनगढीमा केन्द्रीय कार्यलय रहेको टेलिभिजनको परिक्षण प्रशारण सोमबार देखि सुरु भएको हो।
प्रशारण सुरु भएको जानकारी दिदै उनले भने, ‘अहिले थारु सांस्कृतिक गीतसंगित मात्र प्रशारण गरेका छौ। हामीले थारु समाचार, राजनीतिक बहस, थारु संस्कृतिक कार्यक्रम, थारु प्रतिभा प्रशारण गर्ने छौ।’ १९१ नम्बरमा थारु टेलिभिजन हेर्न सकिने उनले बताए।
‘शान्ति, सद्भाव र पहिचान’का लागि थारु टेलिभिजन सञ्चालनमा ल्याएको चौधरीले बताए। टेलिभिजनलाई भाइनेट र नेटटिभिबाट पनि हेर्न सकिने उनले बताए। धनगढीबाट परिक्षण प्रशारण सुरु भएको थारु टेलिभिजन नेपालकै पहिलो भएको दावी गरिएको छ।