सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कार्यरत रेडक्रसका कर्मचारीले जिते कोरोना

२०७७ असार २९, ०७:५१ खबर संवाददाता

धनगढी: धनगढीमा कार्यरत रेडक्रसका कर्मचारीले कोरोना जितेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ४४ बर्षीय पुरुष इश्वर जोशीले कोरोना जितेका हुन्।

१५ गते कोरोना पुष्टि भएकोमा धनगढी प्रयोगशालामा आज भएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको उनले दिनेश खबरलाई जानकारी दिए। 

उनी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीमा कर्मचारी प्रमुख हुन्। 'कोरोना भाईरसको जोखिम नियन्त्रणका विभिन्न गतिविधिमा खटिएको थिए' उनले भने, 'विभिन्न क्वारेन्टिनमा पनि पुगेका थिए। कोरोना पुष्टि भएपछि आईसोलेसनमा बसेको थिए। अहिले नेगेटिभ देखिएपछि घर फर्किएको छुँ।'

उनले कोरोना संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै संक्रमण मुक्त हुनका लागि समाजको हेर्ने सोचाई समेत फेरिनुपर्ने बताए।

कमेन्ट लोड गर्नुस