लायन्स क्लब अफ धनगढी खप्तडको अध्यक्षमा धामी
२०७७ असार २९, ०७:४७
धनगढी: लायन्स क्लब अफ धनगढी खप्तडको अध्यक्षमा हरीसिंह धामी चयन भएका छन्। धनगढीमा आयोजना भएको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो।
यस्तै क्लबको कोषाध्यक्षमा सुरेन्द्र भट्ट र सचिवमा युवराज जोशी चयन भएका छन्। स्वास्थ्य क्षेत्रमै कार्यरतहरुले लायन्स क्लब अफ धनगढी खप्तडको स्थापना गरेका हुन्। क्लबमा २५ जना सदस्यहरु रहेका छन्।
कमेन्ट लोड गर्नुस