सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कवि गोष्ठी, भानु परिचर्चा र सम्मान कार्यक्रम सम्पन्न

२०७७ असार २९, ०६:२७ खबर संवाददाता

धनगढी: नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्मजयन्ती सुदूरपश्चिममा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। भानु जयन्तीको अवसरमा कैलाली जनपुस्तकालयले पनि धनगढीमा विभिन्न कार्यक्रम गरेको हो। 

कवि गोष्ठी, भानु परिचर्चा र सम्मान कार्यक्रम गरिएको जनपुस्तकालयले जनाएको छ। कार्यक्रममा पूर्णानन्द जोशी राष्ट्रिय शिक्षा सेवा पुरस्कारबाट शिक्षासेवी यादवप्रसाद जोशीलाई प्रदान गरिएको छ। यसैगरी आदिकवि भानु स्मृति राष्ट्रिय सम्मानबाट साहित्यकार तथा समाजसेवी सूर्यप्रसाद जोशी र शैलेश्वरी नर्सिङ क्याम्पसकी प्रमुख विमला पौडेल स्वार सम्मानित भएका छन्। 

कार्यक्रममा पुस्तकालयका पूर्व अध्यक्ष तथा समाजसेवी दीनानाथ भट्टको स्मृतिमा प्रकाशित ’ दिनानाथ स्मृतीग्रन्थ’ को लोकार्पण गरिएको कैलाली जनपुस्तकालयका अध्यक्ष डाक्टर टिएन जोशीले बताए। उनका अनुसार साहित्यकार नवराज ओझालाई पुस्तकालयको विशिष्ट सदस्यता कदरपत्रद्वारा सम्मान गरिएको छ।

जनपुस्तकालयका अध्यक्ष डाक्टर जोशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी रहेका थिए। 

कमेन्ट लोड गर्नुस