सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि बढ्यो सुनकाे मुल्य

२०७७ असार २९, ०४:५५ खबर संवाददाता

काठमाडौं: नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ। सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य सोमबार २०५ रुपैयाँले बढेर ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला ९९० रुपैयाँमा किनबेच भइरहेको छ।

कमेन्ट लोड गर्नुस