सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोना संक्रमितको संख्या ८९, को कहाँ ?

२०७७ असार २९, ०३:०२ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या ८९ पुगेको छ। ६१ पुरुष र २८ महिला गरी ८९ जनामा कोरोना पुष्टि भएको हो। धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले १९ वटै वडामा संक्रमण फैलिएको बताए।

उनका अनुसार वडा नम्वर १ मा सात जना, २ मा चार जना, ३ मा चार जना, ४ मा एक जना, ५ मा १० जना र वडा नम्वर ६ मा दुई जनामा कोरोना पुष्टि भएको छ। वडा नम्वर ७ मा तीन जना, ८ मा पाँच जना, ९ मा १० जना १० मा तीन जना, ११ मा एक जना र वडा नम्व्र १२ मा २० जनामा कोरोना पुष्टि भएको उपाध्यायले बताए।

यस्तै वडा नम्वर १३ मा दुई जना, १४ मा ६ जना, १५, १६ र १७ मा एक÷एक जना, १८ मा सात जना र वडा नम्वर १९ मा एक जनामा कोरोना पुष्टि भएको छ। संक्रमित ८९ जना मध्ये १० महिला र २९ पुरुष गरी ३९ जनालाई डिस्चार्ज गरिएको उपाध्यायले दिनेश खवरलाई जानकारी दिए।

‘८ जना संक्रमितको धनगढी उप–महानगरपालिकाले स्थापना गरेको आईसोलेसनमा उपचार भईरहेको छ भने तीन जनाको सेती अस्पतालमा उपचार भईरहेको छ,’ उनले भने, ‘द्ुई जनालाई काठमाडौँ रेफर गरेका छौ। एक जनाको मृत्यु भईसकेको छ।’

उनका अनुसार ११ महिला २५ पुरुष गरी ३६ जना भने विभिन्न विद्यालयको क्वारेन्टिन र होम आईसोलेसनमा रहेका छन्।

कमेन्ट लोड गर्नुस