कैलालीमा युवकको वेवारिसे शव फेला
२०७७ असार २८, ०७:१५
धनगढी : कैलालीमा युवकको वेवारिसे शव फेला परेको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बलाचौरको छतिवन सामुदायिक वन क्षेत्रको रानीजमरा कुलरिया सिचाईको नहरमा अन्दाजी २१/२२ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।
युवकको शव नहरमा तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
कमेन्ट लोड गर्नुस