सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवरुद्ध पूर्व–पश्चिम सुचारु

२०७७ असार २८, ०४:५९ खबर संवाददाता

कैलाली: कैलालीको पहलमानपुर–लालबोझी सडक खण्ड मर्मतको माग गर्दै स्थानीयले अवरुद्ध पारेको पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ। प्रदर्शनमा उत्रिएको स्थानीयहरुले करिब १ घण्टा अवरुद्ध पारेको राजमार्गमा पुनः सुचारु भएको हो। 

हिलाम्य पहलमानपुर–लालबोझी सडकखण्डमा सवारी साधन चलाउन नसकिने अवस्था भएकाले तत्काल सडक मर्मतको माग गर्दै दबाबमुलक कार्यक्रमसहित स्थानीयले प्रदर्शन गरेका थिए। उनीहरुले नगरपालिकामा मागसहित ज्ञापनपत्र समेत दिएका छन्। 

वर्षातको बेला सडक हिलाम्य भएकाले मोटरसाईकल र साइकल बाहेकका सवारी साधन सञ्चालन हुन नसक्दा आवतजावतमा निकै सास्ती भोग्नु परेको उनीहरुको गुनासो छ।  

कमेन्ट लोड गर्नुस