कैलालीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
धनगढी: कैलालीको पहलमानपुर–लालबोझी सडक खण्ड मर्मतको माग गर्दै स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। हिलाम्य पहलमानपुर–लालबोझी सडकखण्डमा सवारी साधन चलाउन नसकिने अवस्था भएकाले तत्काल सडक मर्मतको माग गर्दै दबाबमुलक कार्यक्रम सहित स्थानीयले प्रदर्शन गरेका हुन।
वर्षातको बेला सडक हिलाम्य भएकाले मोटरसाईकल र साइकल बाहेकका सवारी साधन सञ्चालन हुन नसक्दा आवतजावतमा निकै सास्ती भोग्नु परेको उनीहरुको गुनासो छ। साथै प्रदर्शनमा उत्रिएको स्थानीयहरुले घोडाघोडी नगरपालिकाको वडा न १०, ११ र १२ बाट आफुहरुलाई सौतेलो व्यवहार गरिएको समेत गुनासो गरेका छन्।