सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थपिए तीन जना कोरोना संक्रमित

२०७७ असार २८, ०२:११ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा तीन जना कोरोना संक्रमित थपिएका छन्। धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका दुई र दार्चुलाका एकजनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको मोहन्याल गाउँपालिका ३ का ४६ वर्षीय पुरुष, कैलारी गाउँपालिका ७ का २५ वर्षीय पुरुष, नौगाड गाउँपालिका वडा नम्बर ७ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताए।

सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६३ नमूना परीक्षण गरिएको उनले बताए। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नौँ सय १७ पुगेको छ।

सुदूरपश्चिम पछिल्लो केही दिन यता कोरोना संक्रमणको दर घट्दो क्रममा रहेको छ। शनिबार कञ्चनपुरका तीन जना र शुक्रबार प्रदेशका विभिन्न जिल्लाका पाँचजनामा कोरोना पुष्टि भएको थियो। े

कमेन्ट लोड गर्नुस