सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका जनप्रतिनिधिका तीन वर्ष :चुनावी प्रतिवद्धता कती पूरा कती अधुरा ?

२०७७ असार २८, ०७:२७ जनक विष्ट

धनगढी : धनगढी उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर कार्यकाल सम्हालेको तीन वर्ष पूरा भएको छ। २०७४ साल असार १४ गते भएको स्थानीय तहको चुनावबाट निर्वाचित भएका ९७ जना जनप्रतिनिधिले सपथ ग्रहण गरी कार्यभार सम्हालेको तीन वर्ष पूरा भएको हो।

तीन वर्षलाई फर्केर हेर्दा चुनावका बेला जनप्रतिनिधिहरुले नगरबासीसँग गरेका प्रतिबद्धता अनुसार काम हुन सकेको छ की छैन ? जनप्रतिनिधिका चुनावी प्रतिबद्धता र उपलब्धी खोज्ने समय भएको छ। 

यस्ता थिए जनप्रतिनिधिका चुनावी प्रतिवद्धता   

धनगढीलाई स्मार्ट सिटी बनाउने, भूमीहिनहरुलाई लालपुर्जा वितरण गर्ने, गौरीफन्टालाई अन्तराष्ट्रिय भन्सार नाकाका रुपमा विकास गर्ने लगायतका चुनावी नारा बोकेर तीन वर्ष अघि धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधि भोट माग्न नगरबासीको घरदैलो पुगेका थिए।

असार १४ गतेको चुनावबाट निर्वाचित भएर २६ असारमा सपथ ग्रहरण गरी पदभार सम्हालेका जनप्रतिनिधीको तीन वर्षे कार्यकाल शुक्रबार पूरा भएको छ। नगर प्रमुख नृपबहादुर वड र उपप्रमुख सुसिला मिश्र भट्टको चुनावी घोषण पत्रमा नदीनालाहरुमा भएको अतिक्रमणलाई निरुत्साहित गर्ने, धनगढीमा निर्माण हुने हरेक संरचनालाई अन्तराष्ट्रिय स्तरको बनाउने,  बिभिन्न स्थानबाट बग्ने खुटिया, मोहना, सुकुटीनाला, कैलालीनाला, लगायतका खोलानाला किनारमा खुलापार्क, साईकल ट्रयाक निमार्ण गर्ने, नालाबाट क्षती रोक्न तटबन्ध गर्ने विषयलाई पनि चुनावी घोषणा पत्रमा समावेश गरिएको थियो।

यस्तै  बन व्यवस्थापनतर्फ  धनगढी उपमहानगरपालिकामा रहेका सामुदायिक, कबुलियतीवन र धार्मिक वनमा स्थानिय समुदायको स्वामित्वको क्षेत्राधिकार बढाएर बैज्ञानिक वन व्यवस्थापन गर्ने, वनमा विभिन्न किसिमका जडीबुटी खेती गर्न, समुदायलाई नै अग्रसर गराएर स्थानिय सरकारले नै जडिबुटी प्रशोधन केन्द्र स्थापनागरि स्थानीय समुदायको आयआर्जनमा बृद्धिविकास गरिने, वडा तथा टोल बस्तीमा हरियाली क्षेत्र बिस्तार गरी ग्रिनसिटीनिमार्ण गर्ने, धनगढीमाओपन जु को रुपमाविकास गर्ने एजेण्डालाई जनप्रतिनिधिले प्रमुख प्राथमिकतामा राखेका छन्।

कृषितर्फ चटकपुर गेटा, कैलालीगाउँ, फुलवारी, उर्मा र क्याम्पसरोड तथा अन्य आवश्यक क्षेत्रमा व्यवीस्थत कृषि हाट बजारको व्यवस्थापन गर्ने, प्रत्येक वडामा एक जना कृषि प्राविधिक र एक जना पशु सेवा प्राबिधिकको व्यवस्था गर्ने, कुखुरापालन, बंगुर पालन, डेरी उद्योग, पुष्पव्यवसाय, उन्नत जातका पशुपालन, र माछापालन जस्ता व्यवसायमा अनुदानको व्यवस्था गर्ने आश्वासन समेत उनीहरुले बाडेका थिए।

कृषि तर्फ नै सहकारी संस्थाहरु मार्फत किसानलाई मलखाद, किटनाशक औसधी कृषिऔजार बिउबिजन सहुलियत दरमाउपलब्ध गराउने,  शितगृह कोल्ड स्टोर को स्थापना गर्ने, बेरोजगार तथा गरिबीको रेखामुनी रहेका परिवारका सदस्यहरुलाई लक्षित गरी तालिम आर्थिक अनुदान, तथा बजार व्यवस्थापनको सहायता उपलब्ध गराईने, कृषिउत्पादन क्षेत्र घोषणा गरी पुर्वाधारको व्यवस्था गर्ने नारा समेत उनीहरुले नगरबासीसँग भोट माग्दा लगाएका थिए।

प्रत्येक वडामा एक÷एक वटा आधुनिक सुविधा सम्पन्न बिशेषज्ञ सेवा सहितको स्वासथ्यचौकी स्थापना, सबै १९ वडामा एम्बुलेन्स सेवा संचालन,  सेती अस्पताललाई ३०० सैयामा स्तरोन्नती गर्ने, उर्मा र फुलवारीमा केन्द्र हुने गरि २५ सैयाको सुविधासम्पन्न अस्प्ताल स्थापना गर्ने विषय पनि घोषणा पत्रमा अटाएका थिए।

सार्वजनिक स्थलहरुमा वाईफाई फ्रि जोन स्थापना गर्ने, प्रत्येक वडाका सार्वजनिक स्थानमा सार्वजनिक सौचालय, र शहरी घुम्ती शौचालय तथा बाथरुम निमार्ण गर्ने,  छाडाचौपाया व्यवस्थापन गर्ने योजना पनि जनप्रतिनिधीहरु थिए।

ज्येष्ठ नागरीकहरुलाई ढंगले सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाउने, ज्येष्ठ नागरिक केन्द्रहरु तथा बृद्धाश्रम निमार्ण गर्ने, धनगढी उपमहानगरपालिकाभित्र फ्रि ईकनोमिक जोन स्थापना गर्ने, स्मार्ट नगरबस संचालन गर्ने,  अत्याधिक टर्मिनल सहितको अत्रािष्ट्रय स्तरको बसपार्क निर्माण लगायतका योजनालाई समेत जनप्रतिनिधीहरुले जोडतोडका साथ उठाएका थिए।

तर तीन वर्षे कार्यकाल पूरा हुँदा तपाईले मत दिएर पठाएका जनप्रतिनिधिहरुले चुनावताका गरेका प्रतिबद्धता के कती पूरा गरे भन्ने कुरा तपाईले नै खोज्ने बेला आएको छ।  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस