सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट फर्किएर डडेल्धुरामा अलपत्रलाई भोजन

२०७७ असार २७, ०६:३२

टेकराज अवस्थी, डडेल्धुरा: भारतबाट घर फर्केका डडेल्धुराका ६२ जना स्थानीयलाई समाजसेवीले खाना खुवाएर पठाएका छन। 

रोजगारीको शिलशिलमा भारत गएका र कोरोना भाइरसको डरले घर फर्केका नवदुर्गा गाउँपालिकाका विभिन्न वडाका स्थानीयलाई युवा नेतृ तथा समाजसेवी देवकी जोशी, समाजेसेवी कमल सिंह बुढाऐर र हर्क बुढाऐरले व्यक्तिगत रुपमा बिहानी नास्ताका साथै खाना खुवाएर गाउँपालिकाको समन्वय र पहलमा सम्बन्धित स्थानमा पठाइएका हुन।

डडेल्धुरा बहुमुखी क्याम्पसमा बिहानै आइपुगेका नवदुर्गाबासीलाई पिसीआर स्वाब संकलन गरेर होम क्वारेन्टिनमा बस्नेगरी पठाइएको समाजसेवी जोशीले बताए। भारतको चेन्नईबाट घर आएका नवदुर्गाका महिला पुरुष तथा बालबालिका गरी ६२ जनालाई निजी व्यवस्थापनबाट खाना नास्ताको व्यवस्था भएपछि आफूहरु खुशी भएको स्थानीय लालबहादुर ऐरले बताए। 

कमेन्ट लोड गर्नुस