सुदूर नेपाललाई विश्वसँग जोड्दै

रमेश मल्लको ‘असुली’ बजारमा(भिडियोसहित)

२०७७ असार २७, ०४:२० खबर संवाददाता

धनगढी: लोकदोहोरी तथा देउडा गायक एवं संचारकर्मी रमेश मल्लले नयाँ लोकदेउडा ‘असुली’ बजारमा ल्याएका छन्। चाचरी, फुलैफुल्या मकमली सहित धेरै लोक तथा देउडा गितहरु पस्कीसकेका मल्लको  ‘असुली’ बसिवियालो म्यूजीक प्रालिले बजारमा ल्याएको हो। 

मल्ल र चर्चित देउडा गायिका रेखा जोशीको स्वरमा रहेको असुलीमा सुदूरपश्चिम प्रदेश र विशेषगरी डडेल्धुराको ऐतिहासिक धार्मीक तथा पर्यटकीय स्थल, कला संस्कृतिको उजागर गर्ने प्रयास गरेको मल्लले बताए।  असुलीमा एरेन्जर, लोकगायक तथा मोडेल विनोद बाजुरालीले एरेन्ज गरेकाछन् भने मोडलिङ लोक देउउडा गायक सुर्य विरही साउँदले गरेका छन्। 

मल्ल डडेल्धुराको अजयमेरु गाउँपालिका –३ भद्रपुरमा जन्मीएका हुन। 

कमेन्ट लोड गर्नुस