सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको वन अनुगमनमा संसदीय टोलीसंगै थिए घुससहित पक्राउ परेका निलम्बित अधिकृत

२०७७ असार २७, ०९:१३ खबर संवाददाता

धनगढी : महालेखा परीक्षकको प्रतिवेदनले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा व्यापक अनियमितता भएको औँल्याएपछि सरकारले तत्कालका लागि कार्यक्रम बन्द गर्ने निर्णय ग¥यो। त्यसको छानविनका लागि सार्वजनिक लेखा र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति अन्तर्गत दुईवटा उपसमिति गठन गरिए र कैलाली र कञ्चनपुरमा अनुगमनका लागि आए।

तर अनुगमनका क्रममा सांसदको रबैयाले एउटा उपसमिति नै विवादमा तानिएकोमा सोही अनुगमनमा घुससहित पक्राउ परेका निलम्बित वन अधिकृत समेत रहेको खुलेको छ। 

तीन लाख घुस सहित पक्राउ परेका डोटीको लानाकेदारेश्वर सव डिभिजन वन कार्यालयका प्रमुख तथा सहायक वन अधिकृत सुरेश चन्द्र डिसी पनि संसदीय उपसमितिसंगै अनुगमनमा सहभागी भएका हुन्।

दाङमा रहेका उनी संसदीय समितिका एक जना सदस्यले बोलाएपछि कैलाली पुगेका थिए। ‘डिसी फिता लिएर रुखको नापतौल लिईरहेका थिए,’ अनुगमनमै सहभागी एक जनाले भने, ‘निलम्बित अधिकृतले संसदीय टोलीसंगै कैलाली र कञ्चनपुर भ्रमण गरेका हुन्।’

संसदीय उपसमितिका संयोजक प्रदिप यादबले भने डिसीलाई आफुले नचिनेको र उनको बारेमा आफुलाई थाहा समेत नरहेको बताए। उनले भने, ‘उनीबारे मलाई थाहा छैन्। कहाँबाट किन आए ?’

डिसी बिचौलीया सुशन जोशीसंगै गत बर्ष पक्राउ परेका थिए। डोटीबाट सरूवा भई डिभिजन वन कार्यालय कञ्चनपुर हाजिर हुन जाने क्रममा सेवाग्राहीको काठको छुट पुर्जीको सिफारिस लगायत कागजी प्रक्रिया सहज गरिदिएको भन्दै उनले तीन लाख २६ हजार घुस लिएको पुष्टि भएको थियो।

उनीविरुद्ध आवश्यक कारवाही र घुस रकम माग दावी गर्दै विशेष अदालतमा आरोपपत्र दायर भईसकेको छ। अनुमनका क्रममा सांसद प्रेम आले र उनकासहयोगीले कैलालीको मोहन्यालस्थित जनकल्याण सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जनक गिरीसंग बयानका नाममा गाली–गलौज र धम्की दिएको पनि आरोप लागेको छ। 
 

कमेन्ट लोड गर्नुस