पृथ्वी राजमार्गमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
काठमाडौँः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई जना बालबालिकाको ज्यान गएको छ।
भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ का ६ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापा गम्भीर घाइते भएका थिए। उनीहरू हिजो बेलुका विद्यालयबाट घर फर्किँदै गर्दा दुर्घटनामा परेका हुन्।
घाइते दुवै बालबालिकालाई उपचारका लागि चितवन लगिएकोमा आज बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।