सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमेली समाज अन्तराष्ट्रिय समितिका महासचिव जोशीद्धारा कोरोना नियन्त्रणमा ५१ हजार सहयोग

२०७७ असार २६, ०९:३९

केशब बिष्ट/जापान : सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिका महासचिव दिलेन्द्र प्रसाद जोशीले सुदुरपश्चिमेली आपतकालीन राहत कोषमा आर्थिक सहयोग गरेका छन्।

जोशीले विश्वभर छरिएर रहेका सुदूरपश्चिमेलीले स्थापना गरेको सुदूरपश्चिमेली नेपाली समाजले खडा गरेको आपतकालीन राहत कोषमा ५१ हजार रुपैँया आर्थिक सहयोग गरेका हुन्।

जोशीले धनगढीको एभरेष्ट बैँकमा रहेको सुदूरपश्चिमेली आपतकालीन राहत कोषको खातामा उक्त सहयोग रकम जम्मा गरेका हुन्। विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)को जोखिम न्युनीकरणमा सहयोग पुगोस भन्ने उद्देश्यले आफूले उक्त रकम हस्तान्तरण गरेको बताए।

विभिन्न देशमा छरिएर रहेका सुदूरपश्चिमेलीहरुलाई आईपर्ने समस्या एवंम् नेपालमा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, परोपकारी कार्यका सक्दो सहयोग गर्ने प्रमुख उद्देश्य रहेको महा–सचिव जोशीले जानकारी दिए।

उनका अनुसार सुदूरपश्चिममा दैविय प्रकोप, बाढी पिडित,आपत विपतमा परेकाहरुको सहयोगका लागि कोषको स्थापना गरिएको हो। प्रदेशमा भईपरी आउने सम्भावित समस्याका साथै आकस्मिक घटनाको समेत तत्काल समाधानका लागी सहयोगी भूमिका खेल्ने कोषको उद्देश्य छ।

यस्तै उनले आपतकालीन राहत कोषबाट सुदूरपश्चिमका नौ वटै जिल्लाका विभिन्न प्रभावित क्षेत्र र वास्तविक पिडितको तथ्यांक सङ्कलन गरी सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छ्न।

सुदुरपश्चिमेली नेपाली समाज जापान क्युशु क्षेत्रिय समितिका संस्थापक अध्यक्ष समेत रहेका जोशीले अहिले जापानको फ़ुकुओका सहरमा बस्दै आएका छन्। उनी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल जापान शाखाका कार्यक्रम संयोजक पनि हुन्।

कमेन्ट लोड गर्नुस