सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी र गौरिगंगा नगरपालिकालाई ईन्सेकले गर्यो स्वास्थ्य सामाग्री सहयोग

२०७७ असार २६, ०७:३० खबर संवाददाता

मसुरिया : कैलालीको गोदावरी र गौरिगंगा नगरपालिकालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले स्वास्थ्य सामाग्री सहयोग गरेको छ।

इन्सेकको सुदुरपश्चिम प्रदेश कार्यलय धनगढीले दुवै नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरिएको जनाएको छ। कोरोना भाईरसको महामारीमा स्वास्थ्य सुरक्षाका लागि ती सामाग्री हस्तान्तरण गरिएको हो।

दुईवटै पालिकालाई मास्क,डिटोल सावुन, सेनिटाईजर, थर्मल गन ग्लोब्स लगायतका सामाग्री हस्तान्तरण गरिएको इन्सेकले जनाएको छ।

कमेन्ट लोड गर्नुस